
सुदूरपश्चिम प्रदेशमा सोमबार ३ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार एक हजार २७५ जनाको कोरोना परीक्षण गर्दा ३ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो।

१ सय ३ जनाको पीसीआरमार्फत र २ सय ४२ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
आज संक्रमण पुष्टि भएकामध्ये १ सय ५४ जना आजै भारतबाट आएका नागरिक हुन्।

त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ९५, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ५७ र जुलाघाटबाट फर्केका २ जनामा संक्रमण पुष्टि भएको हो।
2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/04, 10:55
2021/03/28, 3:29
2021/10/19, 11:57
2022/09/16, 8:37