
धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एकैदिन १६६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २६३ नमूनाको कोरोना परिक्षण गर्दा १६६ संक्रमित थपिएका हुन् । पछिल्लो केही दिन यता सेतीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने संक्रमण दर पनि उकालो लागेको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन भने ४जना अस्पतालबाट डिस्चार्ज भएका छन् । हाल सेतीमा १८ कोरोना संक्रमित उपचाररत रहेका छन् । जसमध्ये २ जनाको आइसियुमा उपचार भइरहेको छ ।

2025/07/21, 11:43
2025/07/21, 11:35
2025/07/21, 11:33
2025/07/21, 11:28
2025/07/21, 11:24
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2021/05/29, 5:56
2022/01/11, 11:38
2023/01/27, 12:43