कैलालीमा सिडिओद्वारा नयाँ आदेश जारी, आज रातिदेखि लागू हुने (आदेशसहित)
2022/01/21, 5:59
 
dd

 कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) किरण थापाले २४ बुँदे आदेश जारी गरेका छन्। कोभिड–१९ को ग्राफ फेरि बढ्न थालेपछि थापाले आदेश जारी गरेका हुन्। बिहीबार भएको जल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डिसीसीएमसी)ले गरेको निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। 

उनका अनुसार पुस २५ गते जारी भएको आदेशलाई थप कडाइका साथ लागू गर्न अर्को आदेश जारी भएको हो।  सिडिओ थापाद्वारा जारी आदेशअनुसार २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम गर्न रोक लगाइएको छ। होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतका सार्वजनिक स्थानमा जाँदा कोभिडविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ। 

भौतिक उपस्थितिमा पठनपाठन नगराउने र पूर्वनिर्धारित सेमेष्टर तथा वार्षिक परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड अपनाएर व्यवस्थापन गर्न पनि आदेश दिइएको छ। सार्वजनिक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्नसमेत आह्वान गरिएको छ। यस्तै भारतमा किनमेलका लागि जान रोक लगाइएको छ।

 जिल्लामा व्यवसाय सञ्चालनका लागि पनि मापदण्ड तोकिएको छ। होटल तथा रेष्टुरेन्टका कामदारले अनिवार्य रुपमा मास्क, फेस–सिल्ड र पन्जा लगाउने, सेवाग्राहीलाई पनि मास्क अनिवार्य गर्ने, कुल क्षमताको आधाभन्दा बढी नहुने गरी कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्ने, सेनिटाइजरको व्यवस्था हुनुपर्ने, ७ गतेपछि होटल तथा रेष्टुरेन्टमा प्रवेश गर्दा खोपकार्ड अनिवार्य गर्ने, होटलमा चेक–इन गरेको २४ घण्टाभित्र सेवाग्राहीको एन्टिजेन गर्नुपर्ने भएको छ। राष्ट्रिय राजमार्गमा रहेका होटल सञ्चालन गर्दा जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गर्नुपर्ने छ।

यस्तै सपिङ मल, डिपार्टमेन्ट स्टार, सुपर मार्केट वा अन्य प्रकारका पसल सञ्चालन गर्दा २५ जनाभन्दा बढीको भिड नगराउने, पार्टी प्यालेसमा कुल क्षमताको एक तिहाई नबढ्ने गरी बढीमा ५० जना मात्र उपस्थित गराउने पनि निर्णय भएको छ। यस्तै विवाह, ब्रतवन्ध लगायतका धार्मिक कार्यक्रम गर्दा बढीमा ५० जना मात्रै सहभागी गराउने पाइने भएको छ। खेलकुद प्रतियोगिता गर्दा क्षमताको एक तिहाई मात्र दशक राख्न पाइने छ।

1

3

2

v