सुदूरपश्चिमका पहाडी जिल्लामा डडेल्धुरामा सवैभन्दा वढी कोरोना पुष्टि, संक्रमितको संख्या १२२ पुग्यो 
2020/06/18, 5:59
 
korona

सुदूरपश्चिमका पहाडी जिल्लामा डडेल्धुरामा सवैभन्दा वढी कोरोना संक्रमित पुष्टि भएका छन् । विहीवा

र मात्रै एक दिन थप ८३ जनामा कोरोना पुष्टि भएपछि संक्रमितहरु बढेका हुन् । यसअघि डडेल्धुरामा ३९ जना संक्रमित रहेका थिए । योसँगै संक्रमितको संख्या १२२ पुगेको छ । यो प्रदेशका सात पहाडी जिल्लामा सवैभन्दा वढी संक्रमित हो भने समग्र प्रदेशमै दोस्रो वढी हो ।

सुदुरपश्चिम प्रदेशमा सवैभन्दा बढी अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक सय ४९ जना रहेका छन् ।  कञ्चनपुरमा ९५, डडेल्धुरामा एक सय २३, डोटीका ४२, बैतडीमा ५२, अछामका ६७, बाजुराका ६२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका चार जनाको मृत्यु भईसकेको छ भने ८१ जना निको भएर घर फर्किसकेका छन ।

विहीवार मात्रै डडेल्धुरामा मात्रै ८३ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा ८३ जनामा संक्रमण पुष्टि भएको हो । गन्यापधुरा गाउँपालिकाका ४०, परशुराम नगरपालिका २२ जना र अजयमेरु गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको हो ।

गन्यापधुरा गाउँपालिका स्वास्थ्य शाखाका अनुसार ४० जनामा वडा नम्बर १ मा १ जना, २ मा २१ जना, वडा नम्बर ३ मा २ जना, वडा नंम्बर ४ मा १५ जना, वडा नंम्बर ५ मा १ जना रहेका छन । संक्रमित ४० जना नै होम क्वारेन्टाइनममा रहेको गन्याधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले बताए । अजयमेरु गाउँपालिका वडा नं। २ का ३ जना र १ का १ जनमा पनि कोरोना पुष्टि भएको अजयमेरु स्वास्थ्य शाखाले जनाएको छ।

उनीहरूमध्ये ३ जना सहश्रलिङ मावि र १ जना बालकल्याण माविको क्वारेन्टाइनमा छन । २२ जना परशुरामका भएपनि स्वास्थ्य शाखाले वडा नम्बर कतिका हुन भन्ने छुट्याउन बाँकी रहेको जनाएको छ । १७ जनाको नाम मात्र आएको र ठेगाना उल्लेख नभएकाले स्वास्थ्य कार्यालयले कुन स्थानीय तहको हो भन्ने खोजी गरिरहेको डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ती हरिप्रसाद भट्टले जानकारी दिए । डडेल्धुरामा कोरोना संक्रमितको सङख्या एक सय २२ पुगेको छ ।