क्षतिपुर्ति दिने सहमतिपछि पूर्व–पश्चिम राजमार्ग खुल्यो
2020/06/18, 7:38
 
accident

कैलालीमा जीपको ठक्करबाट एक जनाको मृत्युपछि अवरुद्ध गरिएको पूर्व–पश्चिम राजमार्ग सुचारु भएको छ । गोदावरी नगरपालिका वडा नम्वर ६ मा जीप र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक जोशीपुर गाउँपालिकाका ३२ बर्षीय गम्भीर कुडकेनीको मृत्यु भएपछि अवरुद्ध पारेको सडक खण्ड क्षतिपुर्ति दिने सहमतिपछि सुचारु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरिक्षण ज्ञानवहादुर विष्टले जानकारी दिए ।

मृतकका परिवारलाई बिमा सहित १० लाख २५ हजार दिने सहमति भएको प्रहरीले जनाएको छ । मृतक कुडकेनी केदारेश्वर बोर्डिङ स्कुलका प्रिन्सिपल हुन ।

उनी कैलाली जिल्ला खेलकुद विकास समितिका निवर्तमान जिल्ला सदस्य हुन । वुधवार दिउँसो बा २० च ५१२८ नम्वरको जीप र से ४ प ७३९८ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो ।