डडेल्धुरामा अनुमति बिना सिसमका रुख कटान, २ जना पक्राउ
2022/01/26, 11:24
 
ss

डडेल्धुराको परशुराम नगरपालिका– ५ मा अवैध रूपमा सिसमका रूख कटान गरिएको घटनापछि डिभिजन वन कार्यालयले २ जनालाई नियन्त्रणमा लिएको छ।  अनुमति बिना भुवनेश्वरी नमूना मावि परीगाउँको परिसरभित्र रहेका सिसम लगायतका रुखहरू काटिएपछि वन कार्यालयले विद्यालय व्यवस्थापन समिति अध्यक्ष खड्कबहादुर बोहरा र प्रधानाध्यापक डम्बरसिंह थलाललाई नियन्त्रणमा लिएको हो।  उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला वन अधिकृत राम विचारी ठाकुरले बताए।  

भुवनेश्वरी नमूना माविका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, वडाअध्यक्ष र वन कार्यालयको मिलेमतोमा अवैध रूपमा रूख कटान गरेको स्थानीयको आरोप लगाएका थिए। एकजना स्थानीयका अनुसार परशुरामधाम सव डिभीजन कार्यालय जोगबुडाका प्रमुख सन्तोष भट्टले व्यक्तिगत स्वार्थमा मौखिक रुपमन रूख कटान गर्न अनुमति दिएका थिए। १२ देखि १४ सिसमका रूख काटिएको स्थानीयले बताएका छन्।