
सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ। मंगलबार राति बैतडीको सतबाँझ, खोड्पे, श्रीभावर लगायतका उच्च क्षेत्रमा हिमपात भएको हो।

दार्चुलाका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको छ। लगातारको झरी र हिमपातले चिसो बढ्दा घर बाहिर निस्कनै मुस्किल भएको त्यहाँका स्थानीयले बताएका छन्। चिसो बढेपनि हिमपात र वर्षाले हिउँदे फलफूलका लागि सिँचाईको काम गर्ने र बालीनाली तथा फलफूलका बिरुवा हुर्कन मद्दत पुग्ने सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्रमुख डम्मरसिंह भाटले बताए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02