बैतडीको पाटन नगरपालिकाका उपप्रमुखले वकिलमाथि जुत्ता प्रहार गरेकीछिन् । न्यायिक समिति संयोजक समेत रहेकी उपप्रमुख सरस्वती कोलीले पाटन नगरपालिका–३ का कानुन व्यवसायी नारायणदत्त पन्तमाथि सार्वजनिक स्थलमै जुत्ता प्रहार गरेको आरोप लागेको हो ।
पाटन उच्च अदालत ललितपुर, नेपाल बार एसोसिएसनका सदस्य रहेका वकिल पन्तमाथि इलाका प्रहरी कार्यालय नजिकै जुत्ता प्रहार भएको पिडितले बताए । पाटन –३ को एक खानेपानी तथा अन्य विवादित विषयमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै गर्दा आफुमाथि जुत्ता प्रहार भएको पन्तले बताए । सो बिषयलाई लिएर आफु अदालत जाने समेत उनले बताए ।
उता उपप्रमुख कोलीले आफुले जुत्ता प्रहार गरेको आरोप निराधार भएको प्रतिक्रिया दिईन् । खानेपानी विवाद मिलाएर आफु कार्यालय बाहिर आइरहेको अवस्थामा समान्य कुरामा वकिल भनिने मान्छेले जातभात तथा औकातको कुरा गरेकोले आफुले जुत्ता निकालेको तर नहानेको उनले बताईन ।