
जिल्ला अस्पताल डोटीमा कार्यरत एक कार्यालय सहयोगी मृत अवस्थामा फेला परेका छन् । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ उडीतोला घर भएका ४५ वर्षीय भक्त कोली मृत फेला परेको जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमर भाटले जानकारी दिए ।

अक्सर मदिरा सेवन गरिरहने कोली मुख्य सडकबाट जिल्ला अस्पताल जाने बाटोको चोकमा शुक्रबार बिहान मृत फेला परेको भाटले बताए ।
विहीबार बेलुकी सडकमै सुतेका कोलीको चिसोले कठ्याङ्ग्रीएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
जिल्ला अस्पतालमा सव पोस्टमार्टम गर्दा उनले चिरफार गर्ने काम गर्दै आएका थिए । उनको शवको जिल्ला अस्पतालमै अहिले पोस्टमार्टम भइरहेको र आजै परिवारको जिम्मा लगाई अन्त्यष्टी गरिने जनाइएको छ ।

2025/07/21, 11:43
2025/07/21, 11:35
2025/07/21, 11:33
2025/07/21, 11:28
2025/07/21, 11:24
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2021/05/29, 5:56
2022/01/11, 11:38
2023/01/27, 12:43