
संघीय संसद्को बैठक आगामी साता बोलाइको छ । कोरोनाको तेस्रो लहर सुरु भएसँगै पटक पटक स्थगित भएको बैठक आइतबारबाट पुनः सञ्चालन हुने भएको हो ।

प्रतिनिधि सभाको बैठक आइतबार र राष्ट्रिय सभाको बैठक सोमबारका लागि बोलाइएको छ । कोरोना संक्रमण दर उच्च बिन्दुमा पुग्ने क्रममा रहेकै बेला संसद् बैठक बस्न लागेको हो । यद्यपि बैठक बस्ने नबस्नेबारे यकिन भइसकेको छैन । दलहरुबीच संसद सञ्चालन गर्नेबारे कुनै समझदारी भइ नसकेका कारण बैठक अन्यौलमा परेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो पार्टी फुटाउन सभामुखले भूमिका खेलेको भन्दै निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ । आगामी बैठकमा पनि अवरोध कायमै रहने एमालेका नेताहरूले बताएका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08