कैलालीमा प्रहरीले ८ लाख ९३ हजार ५० रुपैया सहित सात जना जुवाडेलाई बिहीबार बेलुका पक्राउ गरेको छ । चार जना जुवाडे घरको छत बाट हाम फालेर भागेका छन् । सुदूर पश्चिम प्रदेश प्रहरी अनुसन्धान आरईटी समुह र ईलाका प्रहरी कार्यालय सुखडको टोली उनीहरुलाई पक्राउ गरेको हो ।
घोडाघोडी नगरपालिका १ सुखडको करण थापाको घरमा तास खेल्दै गरेका धनगढी उपमाहानगरपालिका ३ विशालनगरका ३८ बर्षीय तुला राम अधिकारी, जानकी गाउँपालिका १ का ३२ बर्षीय कमल चौधरी, लम्की चुहा नगरपालिका ४ का ४० बर्षीय नवल बुढा, टिकापुर नगरपालिका १ का ४० बर्षीय मोहन जोशी, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका ८ का ५० बर्षीय कैलाश धामी, घोडाघोडी नगरपालिका १ का ३३ बर्षीय दिपेश ऐर र सोही वडाका ३२ बर्षीय अक्कल शाहीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जुवाको खालबाट ४ लाख ७ हजार ६ सय र ४ लाख ५ हजार ४ सय ५० रुपैयाँ व्यक्तीको साथबाट उनीहरूलाई पक्राउ परेका हुन । कैलाश सिंह धामीको साथबाट ४९ हजार ५ सय, अक्कल शाहीको साथबाट २ लाख, नवल बुढाको साथबाट १ लाख, तुलाराम अधिकारीको साथबाट २० हजार, मोहन जोशीको साथ बाट ५९ हजार ४ सय, दिपेश ऐर ३३ हजार ३ सय र कमल चौधरीको साथबाट २३ हजार २ सय ५० रुपैया बरामद गरेको छ ।
बिशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला चलान गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक हरिषशरण भट्टले जानकारी दिए । भाग्न सफल भएकाहरुको खोजी कार्य जारी रहेको बताईएको छ ।