महेन्द्रनगर आउँदै गरेको बस दुर्घटना हुँदा ३५ जना घाइते
2022/02/03, 3:19
 
durghatana

कञ्चनपुरको महेन्द्रनगर आउँदै गरेको बस बर्दियामा दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ। बिहीबार बिहान करिब ३ बजे बासगढी नगरपालिका-३ मा कालिकोटबाट आउँदै गरेको ना५ख ५३८२ नम्बरको बस दुर्घटनामा परेको हो। 

दुर्घटनामा घाइतेमध्ये कालिकोट त्रिवेणी गाँउपालिका-६ की ११ वर्षीया शितला उपाध्याय र त्रिवेणी गाँउपालिका-७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भीर रहेको छ। उनीहरूको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मोतीपुरले जनाएको छ।बस चालक धनगढी—१७ का किशन सिंह खत्रीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।