भारी हिमपातले अवरुद्ध सुदूरपश्चिमको लाईफलाईन भीमदत्त राजमार्ग अझै खुलेन
2022/02/05, 11:23
 
dd

बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अझै खुल्न सकेको छैन।

लगातारको बाक्लो हिमपातका कारण अवरुद्ध बनेको राजमार्ग खुल्न नसकेको हो।

प्रदेश टाफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार केही स्थानमा अवरुद्ध रहेको सडक खुलेको भए पनि बैतडीको खोड्पे, डडेल्धुराको साहुखर्क, हगुल्टे लगायतका ठाउँमा अवरुद्ध नै छ।

राजमार्ग क्षेत्रमा फेरी हिउँ पन्छाउने काम भईरहेको भएपनि सडक सुचारु गर्न सकिएको छैन् । 

त्यस्तै, हिमपातकै कारण अवरुद्ध भएको डोटीको सिलगढी तथा अछामको साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्गमा हिउँ पन्छाइएको भएपनि ढुंगा खस्दा फेरी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ।