
डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढेपछि सिल गरिएको छ । बिहीबारदेखि असार १२ गतेसम्मका लागि गाउँपालिका सिल गरिएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए ।

बिहीवार मात्रै गन्यापधुरामा ५८ जनामा कोरोनाको संक्रमण फेला परेपछि गाउँपालिका सिल गरिएको उनले बताए । गाउँपालिकाले सिल गरिएको अवधिमा स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण कार्यालयहरु, बैंकहरु र पसलहरु समेत असार १२ गतेसम्म बन्द रहने र आवश्यक काम बाहेकको अवस्थामा घरबाहिर कसैलाई ननिस्कन पनि गाउँपालिकाकावासीलाई आग्रह गरेको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/01, 7:42
2020/11/10, 2:43
2021/09/11, 3:08
2023/06/06, 9:57
2020/07/02, 9:09