देउवाको गृहजिल्लामा किचलो, दुवै समुह उम्मेद्वार छान्दै
2022/02/10, 11:47
 
dd

अमरगढी नगरपालिकामा आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने मिति लोकिएसँगै राजनीतिक दलले चुनाव लक्षित योजना, कार्यक्रमतय गरिरहेका छन् ।

निर्वाचन आयोगले आवश्यक तयारी थालिरहेको छ । गाउँघर, सहर बजार, चिया पसल, चौतारोदेखि गल्लीगल्लीमा चुनावको चर्चा सुरु भएको छ । २०७२ सालमा नेपाल नयाँ संविधान जारी भएसँगै संघीयतामा गएको नेपालमा २०७४ सालमा २० वर्षपछि स्थानीय तहको निर्वाचन भएपछि संघीयताको अभ्यास थालिएको थियो ।

आउँदो वैशाख ३० गते हुने निर्वाचनले संघीयता लागू भएको आभास गराउने छ । आउँदो स्थानीय तहको निर्वाचनमा कतिपय स्थानमा स्वतन्त्र तर्फका उम्मेदवार घोषणा समेत हुन थालेका छन् । तर, डडेल्धुरामा भने नेपाली कांग्रेको आन्तरिक विवाद फेरि एकपटक उत्सर्गमा पुगेको छ ।

नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेसभित्र जहिले पनि विवाद नै हुने गरेको छ। यसपटक भने महाधिवेशनका बेला तत्कालीत जिल्ला सभापति कर्णबहादुर मल्लले जिल्ला अधिवेशन केही दिन सार्न भनेका थिए ।

उनको सभापतित्वमा जिल्ला कार्य समितिको बैठक बसी बहुमतको निर्णयले जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो । तर, अर्को पक्ष देउवा निकट भनिने नेताले भने वडा, गाउँ, नगर, जिल्ला अधिवेशन सम्पन्न गर्दै १४औं महाधिवेन सम्पन्न ग(यो । स्थानीय तहको मिति तोकिएपछि चुनावी रणनीति बनाउन अहिले दुईवटै पक्ष सक्रिय देखिएका छन् । मल्ल पक्षले बैठकको आयोजना गर्दै डडेल्धुराका सातवटा स्थानीय तह र ५२ वटै वडामा उम्मेदवारी दिने कुरा बाहिर आइरहेका छन् ।

यद्यपि, निर्णय भने सार्वजनिक गरेका छैनन् । देउवा पक्षको नयाँ कार्य समितिले पनि छलफल थालेको छ । मंगलबार जिल्ला सदरमुकाम पुगेका वर्तमान जिल्ला सभापति भीमबहादुर साउदले बुधबारदेखि घनिभूत छलफल गर्ने जानकारी दिए । दुवै पक्षका नेताले आआफ्ना धारण सामाजिक सञ्जाललगायत आफू निकटका नेता कार्यकर्तामाँझ गरिरहेका छन् ।

१४औं महाधिवेशनका बेला जिल्ला कार्य समितिबाट सिफरिस गरी पठाइएका क्रियाशील सदस्यमध्ये ४ सय ६० जनाको नाम काटिएर आएको थियो भने अरू ३ सय १२ जनाको नाम थपिएर आएको थियो ।आफूले थप गरेका सदस्यको नाम काटिएपछि मल्ल पक्षले किन काटियो र किन थपियो रु भन्ने प्रश्न राखेका थिए । तर, त्यसको कुनै जवाफ आएन ।