देउवाको गृह जिल्लामा काँग्रेस जुट्यो चुनावी तयारीमा, गठन गरियो विभिन्न समिति
2022/02/12, 12:10
 
dd

नेपाली काँग्रेस डडेल्धुराले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी तीव्र पारेको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लामा पार्टीले चुनावी अभियान नै सुरु गरेको हो । शुक्रबार बसेको काँग्रेसको जिल्ला कार्यसमितिको तेस्रो बैठकले निर्वाचनको पूर्व तयारीका लागि विभिन्न गठन गरेको छ ।

जिल्ला सभापति भीमबहादुर साउदका अनुसार समितिका संयोजक र सदस्यहरु मनोनित गरिएको छ ।  बैठकले कार्य सम्पादन समितिसँगै अनुशासन समिति र अन्य समितिसमेत गठन गरेको काँग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले बताए।  चटौतका अनुसार कार्यसम्पादन समिति, विभिन्न प्रशिक्षण शाखा, भ्रातृ संगठन शाखा, विकास शाखा, प्रचार–प्रसार शाखा, अभिलेख शाखा, कार्यक्रम तथा समन्वय शाखा, परामर्श सल्लाह सुझाव तथा निर्देशिका समितिलगायतका गठन गरेको छ।

 जिल्ला सभापति साउदको नेतृत्वमा १३ सदस्यीय कार्यसम्पादन समिति र सल्लाह सुझाव तथा निर्देशन समिति गठन गरिएको छ। निर्देशन समितिको सदस्यमा महासमिति सदस्य गोविन्दराज बोहरा, महासमिति सदस्य रघुवीर भट्ट, महासमिति सदस्य नरभान कामी र महासमिति सदस्य जनकराज कलौनी रहेका छन्। 

काँग्रेस डडेल्धुराका उपसभापति डिल्लीराज जोशीको संयोजकत्वमा ३ सदस्यीय अनुशासन समिति गठन गरिएको छ  । सो समितिको सदस्यमा प्रेम बहादुर र अर्जुनसिंह साउँद रहेका छन्। अर्का उपसभापति लक्ष्मीप्रसाद अवस्थीको संयोजकत्वमा प्रशिक्षण समिति, सचिव हेमराज चटौतको संयोजकत्वमा अभिलेख समिति, सचिव शेरबहादुर भण्डारीको संयोजकत्वमा संगठन विभाग गठन गरिएको छ। 

प्रचारप्रसार समितिका संयोजकमा सहसचिव प्रेमबहादुर महर, विकास शाखा प्रमुखमा सहसचिव गोबिन्द राज बोहरा, कार्यक्रम तथा समन्वय शाखा प्रमुखमा महासमिति सदस्य सरस्वती खड्कालाई मनोनित गरिएको छ।  स्थानीय तहको निर्वाचनमा लक्षित गरी नेपाली काँग्रेस डडेल्धुरा सबै भातृ तथा शुभेच्छुक संगठन चलायमान गर्ने निर्णय गरेको जिल्ला सभापति साउदले रातोपाटीलाई बताए ।

नेपाल महिला सघं डडेल्धुराले पनि सबै स्थानीय तहमा संगठन विस्तार गर्ने निर्णय गरेको छ।  स्थानीय तहको निर्वाचनलाई केन्द्रितगरी महिला संघ डडेल्धुराले सातवटै स्थानीय तहमा नेतृत्व चयन गरेको छ।