डोटीमा ट्याङकर दुर्घटना हुँदा एक जनाको मृत्यु
2022/02/12, 6:38
 
cc

डोटीमा ट्याङकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बुडरबाट जोरायलतर्फ जाँदै गरेको से१क २१५ नम्बरको पानी बोक्ने ट्याङकर दुर्घटना जोरायल गाउँपालिका–२ बुडरका ४२ वर्षीय तारा ऐरको मृत्यु भएको हो।

ट्याङकर सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चालक नबिन ऐर फरार रहेको र उनको खोजी भइरहेको छ।