
नेपाली काँग्रेस कञ्चनपुरले आसन्न स्थानीय तह चुनावका लागि स्वैच्छिक ढङ्गले उम्मेदवारी घोषणा नगर्न कार्यकर्ताहरूलाई सचेत पारेको छ ।

आइतबार एक सूचना जारी गर्दै पार्टीले आधिकारिक उम्मेदवार तय नगर्दासम्म सामाजिक सञ्जाल, पत्रिका र अन्य माध्यमहरूमा आफू खुसी उम्मेदवारी घोषणा नगर्न भनेको हो ।
सरकारले वैशाख ३० गते स्थानीय निर्वाचनको मिति तय गरेको र उक्त निर्णय स्वागतयोग्य भएको काँग्रेस कञ्चनपुरले जनाएको छ । यसैगरी पार्टीको पक्षमा जनमत सृजना गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

काँग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टद्वारा जारी सूचनामा पार्टीका सबै तह र तप्कामा रहेकाहरूलाई निर्वाचनको परिणाम काँग्रेसको पक्षमा ल्याउन आ–आफ्नो क्षेत्रमा सक्रिय भई लाग्न अनुरोध गरिएको छ ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/07/07, 2:44
2020/11/20, 6:46