डोटीको बुडरमा मोटरसाइकलले बालक ठोकेर चालक फरार
2022/02/14, 9:37
 
dd

डोटीको बुडरमा एक मोटरसाइकलले बालकलाइ ठक्कर दिएर घाइते भएका छन्। पहिचान नखुलेको मोटरसाइकलले अन्दाजी ३ वर्षीय युवराज बिकलाई ठक्कर दिएर फरार भएको बुडर प्रहरीले जनाएको छ। दुर्घटनापछि युवराजका आफन्त तथा स्थानीयले सो क्षेत्रमा केहीबेर सडक अवरुद्ध पारेका थिए। 

प्रहरीका अनुसार ठक्करपछि घाइते भएका युवराजलाइ उपचारका लागि धनगढी ल्याइएको छ। ठक्कर दिएर मोटरसाइकलसहित भागेका चालकको पहिचान भने खुल्न सकेको छैन।