डडेल्धुरामा अचेत भेटिएका युवकको मृत्यु, हत्या आशंकामा केही पक्राउ
2022/02/14, 9:43
 
ss

डडेल्धुरामा अचेत अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ। डोटीको दीपायल सिलगढी नगरपालिका–३ का ३५ वर्षीय बसन्त सिजापतीको उपचारका क्रममा मृत्यु भएको हो। 

सोमबार बिहान उनी कुटपिट गरी अचेत पारिएको अवस्थामा आलिताल गाउँपालिका–४ लामजिलेमा फेला परेका थिए। घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो। त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दका अनुसार मृतक सिजापतीको शरीरभरी चोटपटकका निशान छन्। ‘उनको कुटपिट गरी हत्या गरेको आशंकामा हामीले केहीलाई पक्राउ गरी अनुसन्धान गर्दैछौं।

मृतक डोटीबाट किन त्यहाँ गएका थिए र उनीसँग के भएको थियो भन्नेबारे अनुसन्धान चलिरहेको छ’ उनले भने। अहिले मृतक बसन्त सिजापतीको शव जोगबुढा अस्तालमा राखिएको छ।