सुदूरपश्चिमका चार स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा
2022/02/14, 9:54
 
dd

सुदूरपश्चिम प्रदेशका चार स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सरकारले आज सुदूरपश्चिम प्रदेशका चार र प्रदेश १ को एक गरि ५ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

विपद् संकटग्रस्त क्षेत्र घोषणा हुनेमा चारवटा गाउँपालिका र एक नगरपालिका रहेका छन् । गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिसमा सरकारले सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको शिखर गाउँपालिका, डडेल्धुराको भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिका, दार्चुलाको नौगाड गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

बाढी, पहिरो लगायतका विपद्बाट ठूलो मानवीय क्षती भएको र ती स्थानीय तह बढी प्रभावित भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको मन्त्रालयले जनाएको छ ।  ती स्थानीय तहमा पुगेको क्षतीको पुनस्निर्माण तथा पुनस्स्थापनाको काम, घर तथा सडक तथा विद्यालय निर्माणको काम गरिने जनाइएको छ। संकटग्रस्त क्षेत्र २०७९ वैशाख मसान्तसम्म लागू हुने मन्त्रालयले जनाएको छ ।