धनगढीको एक बारमा प्रहरीको छापा, बन्धक बनाइएका तीन किशोरीको उद्धार, तीन जना पक्राउ
2022/02/21, 3:44

धनगढीको टिनटिन रेष्टुरेन्ट एण्ड बारमा प्रहरीले छापा मारेको छ।

धनगढी उपमहानगरपालिका ४ रातोपुलमा रहेको सो बारमा तीन किशोरीलाई सात महिनादेखि बन्धक बनाएर राखेको गुनासो पछि सोमबार दिउसो कैलाली प्रहरीले तीन जना किशोरीको उद्धार गरेको हो ।
टिनटिन बार एण्ड रेष्टुरेन्टका सञ्चालनले आफू बाहिर जाँदा ताला लगाएर जाने गरेको बुझिएको छ । टिनटिन बार एण्ड रेष्टुरेन्टका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

रेष्टुरेन्ट सञ्चालकसहित तीन जनालाई पक्राउ पनि गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले उद्धार गरिएका किशोरी र पक्राउ परेका अन्य तीन जनासंग सोधपुछ भइरहेको बताए।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/14, 3:58
2022/05/28, 11:12
2020/07/30, 7:04
2020/12/26, 3:37
2023/01/26, 5:44