
धनगढीको नेशनल प्याथ ल्याबले पत्रकारलाई ३० प्रतिशत छुट दिने भएको छ। मंगलबार नेशनल प्याथ ल्याब र पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिबीच उक्त सम्झौता भएको हो।

सम्झौता अनुसार पत्रकार, सञ्चार गृहमा कार्यरत कर्मचारी र पत्रकारका परिवारलाई ल्याबले प्रदान गर्ने सेवा, स्वास्थ्य परीक्षण तथा सुविधामा ३० प्रतिशत छुट दिइने भएको छ।
मंगलबार पत्रकार महासंघ सुदूरपश्चिमका सचिव हरी जोशी र ल्याबका प्रवन्धक हरी सिंह धामीले सम्झौतामा हस्ताक्षर गरेका छन्। उक्त छुट पाउन पत्रकार महासंघको सिफारिस र परिचय पत्र अनिवार्य लग्नुपर्ने बताइएको छ।

नियमित स्वास्थ्य परीक्षण गराउँदा विभिन्न रोगबाट बच्न सकिने हुँदा पत्रकार र उनका परिवारको हितका लागि यो सम्झौता गरिएको सचिव जोशीले बताए।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/14, 3:58
2022/05/28, 11:12
2020/07/30, 7:04
2020/12/26, 3:37
2023/01/26, 5:44