
कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका-८ गप्काका ३९ वर्षीय गोपी ओखेडा ३ ग्राम ३६० मिलिग्राम लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेका प्रहरीले बताएको छ।

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनको घर र पसलमा खान तलासी गर्दा लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार उनको पसलबाट ५० हजार ५ सय नगद, विभिन्न कम्पनीका ५/५ थान मोबाइल र घडी, एक थान कैँची र तौल गर्ने डिजिटल काटा बरामद गरिएको छ। ओखेडामाथि थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/14, 3:58
2022/05/28, 11:12
2020/07/30, 7:04
2020/12/26, 3:37
2023/01/26, 5:44