४ बुँदे परशुराम घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ सुदूरपश्चिम समितिको बैठक सम्पन्न
2022/02/26, 1:47

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको तेस्रो पूर्ण बैठक परशुराम घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । शनिबार नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य डडेल्धुराको परशुराम नगरपालिकाको परशुराम धाममा बसेको महासंघको बैठक ४ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।
नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष गोगेश रावल र महासचिव रामसिंह ठगुन्नाद्धारा जारी घोषणा पत्रमा भनिएको छ-'पूर्ण प्रेस स्वतन्त्रता, नागरिक अधिकार र सूचनाको हकको ग्यारेन्टीका लागि सम्बन्धित सरोकारवाला पक्षसँग जोडदार गर्दछ ।'
'स्कन्द पुराणमा वर्णित, भगवान् परशुरामले तपस्या गरेको पवित्र धार्मिक स्थल यस परशुराम धामको धार्मिक महिमा र अनुपम प्राकृतिक सौन्दर्यताको आवश्यक विकास तथा प्रचारप्रसारमा जोड दिन महासंघ प्रदेश समिति सरोकारवाला निकायसँग माग गर्दछ,' घोषणा पत्रमा उल्लेख छ ।
यस्तै परशुराम क्षेत्रसहित डडेल्धुराको समग्र विकासका लागि कोषेढुंगाका रुपमा रहने परशुराम साखनी गैरीखान चुनेपानी सडकको तीव्र एवं गुणस्तरीय निर्माणका लागि संघ सरकार, प्रदेश सरकार लगायत सरोकारवाला निकाय समक्ष माग गर्ने महासंघ प्रदेश समितिले निर्णय गरेको छ । साथै यहाँ रहेको छोटी भन्सार पुनः सञ्चालनको व्यवस्था गर्न सरकार समक्ष माग गरिएको छ ।
हेर्नुहोस् घोषणा पत्र:

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/04, 3:49
2022/03/08, 7:55
2020/06/09, 4:40
2020/10/12, 5:18