डडेल्धुरामा भिरबाट टिप्पर खस्यो, एक जनाको मृत्यु
2022/02/26, 10:41
 
dd

डडेल्धुरा सदरमुकामको एउटा भिरबाट टिप्पर खस्दा एकजनाको मृत्यु भएको छ। शनिबार अपरान्ह अमरगढी नगरपालिका–५ बगरबाटास्थित सुकेधाराको भिरबाट उक्त टिप्पर खसेको हो।

सुप ००१क १८७९ नम्बरको उक्त टिप्परमा २ जना सवार रहेको बताइएको छ। अर्का व्यक्ति घाइते भएका छन्। दुवैको पहिचान खुलेको छैन।

टिप्पर ब्याक गर्दा करिब २०० मिटर खसेको स्थानीयले बताए। दुर्घटना स्थलमा भरखरै प्रहरी पुगेको छ। थप विवरण आउन बाँकी छ।