
डडेल्धुरामा अछाम जाँदै गरेको बस ठुलो दुर्घटना हुनबाट जोगिएको छ। प्रहरीका अनुसार कैलालीको टीकापुरबाट अछामको कमलबजारका लागि छुटेको ना६ख १६५० नम्बरको बस गन्यापधुरा गाउँपालिका-३ जक्सन होटेल नजिक सडकमा रहेको माटोको ढिस्कोसँग ठोक्किएको थियो ।

बसको अगाडिको भाग सडकबाहिर पुगेको भएपनि दुर्घटना हुनबाट जोगिएको बताइएको छ। बसमा सवार सबै यात्रु सकुशल रहेका प्रहरीले बताएको छ। बस चालक हरि भट्टराई र सहचालक फरार रहेका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। चालकको ठेगाना र सहचालको परिचय भने खुलेको छैन। दुवै जनाको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02