सुदूरपश्चिम समाज मेरिल्याण्डका अध्यक्ष दमन बिक्रम शाहद्धारा एक लाख रुपैया सहयोग
2020/06/20, 8:03

सुदूर पश्चिम समाज मेरिल्याण्डका अध्यक्ष दमन बिक्रम शाहले ह्युमानिटी फाउण्डेसनलाई एक लाख ४७ रुपैया सहयोग गरेका छन् ।

डडेलधुरामा पीसीआर मेसिन स्थापनाका लागि अमेरिकामा थालिएको सहयोग संकलन अभियानमा सुदूर पश्चिम समाज अमेरिकासंग आवद्ध भई मेरिल्याण्डमा सक्रियतापूर्वक जुटेका शाहले कैलालीको गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाका क्वारेन्टाईनमा रहेका महिलाहरुको सहयोगका लागि उक्त रकम पठाएका हुन् ।
अध्यक्ष शाहले अमेरिकाको मेरिल्याण्डमा रहेको नेपालीहरुबाट संकलन गरेर पठाएको उक्त रकम क्वारेन्टाईनमा रहेका महिलाहरुका लागि आवश्यक सामग्री खरीद गरी प्रदान गर्न ह्युमानिटी फाउण्डेसनलाई अनुरोध गरेका छन् ।

अध्यक्ष शाहको आग्रह अनुसार उक्त रकम बराबरको सामग्री क्वारेन्टाईनमा रहेका महिलाहरुलाई वितरण गरिने ह्युमानिटी फाउण्डेसनले जनाएको छ ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/02, 1:53
2021/08/11, 3:19
2022/05/21, 2:07
2023/07/21, 11:07