कैलालीमा लागुऔषध सहित एक युवक पक्राउ
2022/03/21, 11:31
 
aa

कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

लम्कीचुहा नगरपालिका-१ का २३ वर्षीय आकाश विक पक्राउ परेका प्रहरीले बताएको छ।

उनलाई ५२० मिलिग्राम लागुऔषध खैरो हिरोइन र २७ हजार २ सय ४० रुपैयाँसहित पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।