डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि अष्टे«लियामा सहयोग जुटाउदै स्वतन्त्र
2020/06/21, 7:28

डडेल्धुरामा पीसीआर स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन र सुदूर पश्चिम समाज अमेरिकाले थालेको अभियान अफ्रिका, युरोप हुदै अष्टे«लिया पुगेको छ ।

युवा व्यवसायी तथा गैर आवासीय नेपाली संघका अभियन्ता स्वतन्त्र प्रताप शाहले डडेल्धुरामा पीसीआर स्थापनाका लागि अष्टे«लियामा सहयोग संकलन अभियान शुरु गरेका छन् ।
त्यसको शुरुवात आफैले ५ सय डलर दिएर गरेका छन् । उनले अष्टे«लियामा बसोबास गर्दै आएका नेपालीहरुलाई सहयोगका लागि आग्रह गरेका छन् ।
केही दिनअघि शुरुवात गरेको अभियानमा ९७२ डलर जम्मा भईसकेको छ ।

उनले पीसीआर मेसिनको अभावमा कोरोना परीक्षणबाट बञ्चित सुदूर पश्चिमका सात वटा पहाडी जिल्लाका बासिन्दाको सुबिधाका लागि डडेल्धुरामा स्थापना गर्न लागिएको पीसीआर मेसिनको खरीदका लागि अष्टे«लियामा सहयोगी हातहरु जुटिरहेको बताए ।
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/04/08, 1:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/02, 5:31
2021/07/06, 6:27
2022/03/12, 7:58