अमेरिकाबाट दाई बहिनीले पीसीआर खरीदका लागि ३ हजार डलर पठाए 
2020/06/21, 7:32
 
korona

अमेरिकाको भर्जिनियामा बुवाआमासंगै बस्दै आएका दार्चुलाका २० वर्षीय नविन साउँद र उनकी १८ वर्षीया बहिनी ऋचा साँउदले डडेल्धुरामा पीसीआर मेसिन खरीदका लागि ३ हजार डलर( तीन लाख ६० हजार नेपाली रुपैया) संकलन गरेर पठाएका छन् । नविन स्नातक दोस्रो वर्षमा अध्ययनरत छन् । उनकी बहिनी ऋचालाई १२ कक्षाको परीक्षा दिएकी छन् । 

भारतबाट आएका नेपालीहरुलाई सीमामा खाना पानी उपलब्ध गराईरहेको देखेपछि उनी र उनकी बहिनीले अमेरिकाबाट खाना र पानीका लागि सहयोग गर्ने सोच बनाए । नविनले फेसबुकमा सीमामा नेपालीहरुको कष्टपूर्ण अवस्था र खाना बाडिरहेको तस्वीर सहित पोष्ट गर्दै सहयोगका लागि आग्रह गरे । उनकी बहिनी ऋचाले नेपालीहरुको भिडियोमा आफूले बोलिन । त्यो शेयर गरिन । र संगै गो फन्ड मार्फत सहयोग संकलन शुरु गरे ।

यसरी केही दिनमा उनीहरुले ३ हजार डलर जुटाए । त्यतिबेलासम्म खाना पानी अभियान पीसीआर खरीद अभियानमा परिणत भईसकेको थियो । उनीहरुले पनि पीसीआरको महत्व र आवश्यकता अझै बढि भएको ठाने । पीसीआर खरीद अभियानमा सहयोग गर्नु उपर्युक्त लाग्यो । र त्यहाँ संकलित ३ लाख ६० हजार रुपैया नेपाल पठाए ।

उनीहरु पीसीआर मेसिन खरीदका लागि सहयोग संकलन अभियान रोकेका छैनन, नविन भन्छन्, अमेरिकामा रहेपनि यो मन त नेपालमै छ । कम्तिमा यो कठिन घडीमा आफ्नो जन्मभूमि र देशलाई सहयोग गर्न सके त्यसैमा सन्तुष्टी मिल्नेछ ।