निर्वाचन आचारसंहिता पालना गर्नु हामी सबैको कर्तव्य हो: मुख्यमन्त्री भट्ट
2022/03/28, 11:29

सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले निर्वाचनको समयमा आचारसंहिता पालना गर्नु हामी सबैको कर्तव्य भएको बताएका छन ।
नेपाल कानुन समाज द्वारा धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले आफ्नो अधिकार र कर्तव्य पालना गर्दै निर्वाचन आयोगले जारी गरेको आचारसंहिता इमानदारीका साथ पालना गर्नुपर्ने बताए ।
आगामी सामाजिक संजालको व्यापक प्रभाव पर्ने भएकाले कडाइका साथ सामाजिक संजालको अनुगमन गरिनुपर्ने उनको धारणा छ ।
निर्वाचन आयोग संगको सहकार्यमा धनगढीमा जारी कार्यक्रममा पुर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, प्रदेश सरकारका आर्थिक मामिला मन्त्री तारा लामा तामाङ , आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी , मुख्य न्यायधिबक्ता कुलानन्द उपाध्याय, प्रदेश सभाका सदस्यहरु, विभिन्न राजनैतिक पार्टीका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधि , कानुन व्यवसायी लगायतको उपस्थिति रहेको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08