सुदूरपश्चिम सरकारमा सहभागी हुँदै कांग्रेस
2022/03/31, 5:33
 
dd

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बिहीबार बसेको दोस्रो बैठकमा बोल्दै समिति संयोजक तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस सरकारमा सहभागी हुने बताएका हुन् ।

बैठकमा सहभागी एक नेताकाअनुसार केही दिनभित्रै प्रदेश सरकार फेरबदल गर्ने गरी केन्द्रबाट तयारी भइरहेको बैठकमा खड्काले ब्रिफिङ गरेका थिए ।

“सुदूपरश्चिममा हामी सरकारमा छैनौँ । केही दिनभित्रै हामी सत्तारूढ दल बन्दैछौँ । सरकारमा कसरी र कोको सहभागी हुने भन्नेबारे छलफल भइरहेको छ,” खड्काको भनाइ उद्धृ गर्दै बैठकमा सहभागी ती नेताले भने, “यो पनि हाम्रो चुनावी रणनीति हो । अब हामी चाँडै सरकारमा जान्छौँ ।”

सुदूरपश्चिममा माओवादी केन्द्र नेतृत्वमा सरकार छ । वर्तमान सरकारलाई नेकपा(एकीकृत समाजवादी)ले समर्थन गरेको छ ।