धनगढी आउँदै प्रधानमन्त्री देउवा
2022/04/03, 11:22
 
aa

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी आउने कार्यक्रम तय भएको छ। काँग्रेस कैलालीका अनुसार २४ गते विहान प्रधानमन्त्री देउवा धनगढी पुग्ने कार्यक्रम तय भएको हो।

सोही दिन प्रधानमन्त्री देउवाले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा निर्माण भएको सिटीहलको उद्धघाटन गर्ने कार्यक्रम रहेको छ। संघीय सरकारको २५ करोड २६ लाख रुपैयाँको लागतमा सिटीहल निर्माण भएको हो।

सोही दिन धनगढीमै हने अवयवस्थित बसोबासीको कार्यक्रममा पनि सहभागी हुने कार्यतालिका तय भएको काँग्रेसले जनाएको छ।

अहिले भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा आज स्वदेश फर्किंदैछन्। काठमाडौं फर्किनुअघि उनी आज उत्तर प्रदेशको बनारस पुगेका छन्।