आज बर्षकै लामो दिन
2020/06/21, 11:11
 
date

आज असार ७ गते तथा २१ जुन अर्थात बर्षकै लामो दिन । नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ । ज्योतिषी डा। सुनिल सिटौलाका अनुसार आज बिहान ३ बजेर २८ मिनेटमा सूर्य कर्कट रेखामा पुग्छ अथवा कर्कट राशीमा प्रवेश गर्दछ ।

आजबाट सूर्यको गति दक्षिणी गोलार्धतर्फ बढ्छ, अर्थात आजबाट दिन छोटो हुँदै रात लामो हुँदै जान्छ र पुस ७ गते बर्षकै छोटो दिन र रात लामो हुन्छ । यसको विपरित पृथ्वीको दक्षिणी गोलार्धमा विपरित हुन्छ । नेपाल उत्तरी गोलाद्र्धमा पर्छ ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ । डा सिटौलाका अनुसार बैदिक ज्योतिषको काल गणनामा आजदेखि सूर्य दक्षिण लाग्ने र दक्षिणायन सुरु हुने भएता पनि ब्यवहारमा आउँदो साउन १ गतेबाट सूर्य दक्षिणतिर लाग्ने मानिएको छ ।