सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेस सहभागी हुँदै
2022/04/06, 6:30
 
dd

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुने भएको छ ।सुदूरपश्चिम प्रदेशमा हालसम्म सरकार बाहिर रहेको नेपाली काँग्रेसलाई सरकारमा सहभागी गराउने विषयमा बुधवार नेपाली काँग्रेस र नेकपा समाजवादीका नेताहरूबिच भएको बैठकमा सहमति भएको हो ।

नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायर र नेकपा समाजवादीकी सुदूर पश्चिम प्रदेश इन्चार्ज गरिमा शाह, समाजवादीका सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता दीर्घ सोडारीबीच आज भएको छलफलमा काँग्रेसलाई सरकारलाई सहभागी गराउन दुवै पक्षबिच सहमति जुटेको हो ।

यसअघि समाजवादीका नेता र मन्त्रीहरू काँग्रेसलाई सरकारमा सहभागी गराउन अनिच्छुक थिए।समाजवादी पार्टीका नेताहरूसँगको छलफल सकारात्मक भएको बताउँदै नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बलायरले केही दिनमा सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुने बताए ।