
सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराउने तयारी भएको छ। आज रातिदेखि चुनावी आचारसंहिता लाग्ने भएकाले त्यसअघि नै सरकारमा सहभागी हुने गरी गृहकार्य अगाडि बढेको हो।

स्रोत अनुसार आजै कानून मन्त्री पूर्णा जोशी, सामाजिक मन्त्री लालबहादुर खड्का र कृषि मन्त्री विनिता चौधरीलाई हटाएर कांग्रेसबाट नयाँ मन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ।
सुदूरपश्चिम सरकारमा प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेस छ भने सबैभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादी हो। कांग्रेस पनि सरकारमा सहभागी भए अब प्रदेश सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले हुनेछ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08