नेपाली काङ्ग्रेसबाट आकांक्षी धेरै, नाम सिफारिस गरिदैं
2022/04/19, 11:08
 
aa

स्थानीय तहको आसन्न चुनावका लागि उम्मेदवारको टुङ्गो लगाउन राजनीतिक दलहरुलाई सकस भएको छ । प्रमुख, उपप्रमुखका लागि आकाङ्क्षी धेरै भएपछि दलहरुलाई उम्मेदवारको टुङ्गो लगाउन समस्या भएको हो ।

यस्तै समस्याको भूमरीमा परेको छ नेपाली काङ्ग्रेस । कैलालीका पालिकामा सो पार्टीबाट प्रमुख, उपप्रमुख पद्मा धेरै जना व्यक्ति आकाङ्क्षी देखिएका छन् । आकाङ्क्षी धेरै देखिएपछि सो पार्टीले उनीहरुको नाम सङ्कलन गर्न थालेको छ । सङ्कलन भएका नाम माथिल्ला समितिहरुमा सिफारिस गर्ने कार्य भइरहेको काङ्ग्रेसले जानकारी दिएको छ । 

सुदूरपश्चिम प्रदेशकै एकमात्र उपमहानगरपालिकाको रुपमा रहेको धनगढी उपमहानगरपालिकामा मेयर पद्का लागि सात र उमेयरका लागि पाँच जनाले आकाङ्क्षा व्यक्त गरेका छन् । नेपाली काङ्ग्रेस कैलालीका अनुसार मेयर पद्मा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा, हरिश खड्का, महिला सङ्घका नगर सभापति जागृति बोगटीले आकाङ्क्षा व्यक्त गरेका छन् । यसैगरी, नगर सभापति यज्ञराज उपाध्याय, पूर्व जिल्ला सचिव पूर्ण कुवँर र लक्ष्मीदत्त भट्टले पनि मेयर पद्का लागि आकाङ्क्षा व्यक्त गरेका छन् । 

यस्तै, धनगढी उपमहानगरपालिकाको उपप्रमुखका लागि सुनिता राना, निपा चोखाल, डम्मरी महरा, प्रमिला लम्साल र पुष्पा भट्टले आकाङ्क्षा व्यक्त गरेका छन् ।  यसअघि, मेयर पद्का आकाङ्क्षी देखिएकी वर्तमान उपप्रमुख सुशीला मिश्रको भने आकाङ्क्षीको लिस्टमा नाम समावेश छैन । 

यसैगरी, टीकापुर नगरपालिकामा मेयरका लागि ११ जना र उपमेयरका लागि १२ जना आकाङ्क्षी रहेका छन् । टीकापुरको मेयरका लागि वर्तमान उपप्रमुख केशरी विष्ट रावल, भुवनेश्वर अधिकारी, नवराज रावल, राजकुमार हमाल, जंगबहादुर साउँद आकाङ्क्षी छन् । यस्तै, डा. जगतबहादुर सिंह रावल, गोरखबहादुर खड्का, रतनबहादुर खड्का, टेकेन्द्र धामी, धीरज रेग्मी र तीर्थबहादुर बोहरा पनि मेयरका लागि आफ्नो दाबेदारी पेस गरेका छन् । 

टीकापुरमा उपमेयरका लागि रणबहादुर रावल, लौटन चौधरी, अर्चना चौधरी, जनककुमारी चौधरी, विणा सोडारी, निर्मला कठायत, हस्ता भण्डारी, दिव्यश्वरी शाह, झनक तिमिल्सिना, सरस्वति शाहले दाबेदारी पेश गरेका छन् । यसैगरी, चिरञ्जिवी खनाल र सुशीला विश्वकर्मा टमट्टाको पनि उपमेयरका लागि दाबी रहेको छ । 

लम्कीचुहा नगरपालिकाको मेयर पद्का लागि १० र उपमेयरका लागि आठ जना आकाङ्क्षी देखिएका छन् । उनीहरुले आ–आफ्नो दाबेदारी पेस गरेका छन् । मेयरका लागि अरुणकुमार चौधरी, सुशीला शाही, भक्तबहादुर थापा, विष्णुप्रसाद ढकाल, बलबहादुर विष्टले दाबेदारी पेश गरेका छन् । यस्तै, प्रेमबहादुर विष्ट, पदमराज शर्मा, खडानन्द सापकोटा, देवानन्द जैशी र कृष्ण पाण्डेयको पनि मेयरमा दाबी रहेको छ । यसैगरी, उपमेयरका लागि दिवा बडायक, चन्द्रा सिंह, सुमनकुमारी संज्याल, विजय कार्की, रंग कुमारी भट्टराई, राधिका जैशी, रीताकुमारी मुडभरी र शिवा थापाले आकाङ्क्षा व्यक्त गरेका छन् ।

यस्तै, कैलारी गाउँपालिकामा अध्यक्षका लागि चार र उपाध्यक्षका लागि आठ जनाले दाबेदारी पेश गरेको जनाइएको छ । अध्यक्षका लागि राजसमझ चौधरी, कृष्ण चौधरी, रामचरण चौधरी र मनिराम बखरियाले दाबेदारी पेश गरेका छन् । राजसमझ चौधरी २०७४ सालको निर्वाचनमा पनि सो गाउँपालिकाको अध्यक्ष पद्मा चुनाव लडेका आकाङ्क्षी हुन । उनी थोरै मतान्तरले माओवादीका लाजुराम चौधरीसंग अध्यक्ष पद्मा पराजित भएका थिए ।

यसैगरी, उपाध्यक्षका लागि आठ जनाको दाबेदारी रहेको छ । कैलारीमा उपाध्यक्षका लागि विष्णु चौधरी, भगवति चौधरी, अनिता बोहरा चौधरी, अनिता बोहरा, माया चौधरी, सरिता चौधरी, माया चौधरी र मिनु चौधरीको दाबेदारी रहेको जनाइएको छ ।

यस्तै, जानकी गाउँपालिकामा अध्यक्षका लागि सात जना र उपाध्यक्षका लागि छ जनाको दाबी रहेको छ । अध्यक्षमा प्रदीपकुमार चौधरी, सूर्य बटाला, परशुराम कठरिया, वेदनारायण कठरिया, गंगादेवी चौधरी, शुभनाथ देवकोटा र टेकबहादुर चौधरी आकांक्षी छन् । उपाध्यक्षमा विमलादेवी शाही, गंगाकुमारी कुँवर थापा, जनकबहादुर थापा, दिपकदेवी न्यौपाने, उमा महतो, पद्मिनी थापा आकांक्षी रहेका छन् । 

१३ स्थानीय रहेको कैलालीमा आइतबार पाँच पालिकाबाट आकांक्षीहरुको नामावली संकलन भएको नेपाली काङ्ग्रेस कैलालीले जानकारी दिएको छ । आकाङ्क्षीहरुको नामावली आइतबार संकलन गरिएको थियो । आकांक्षीहरुका नाम संकलन गरेर माथिल्ला समितिमा पठाउने कार्य भइरहेको नेपाली काङ्ग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले बताए ।  उनले आकाङ्क्षीहरुसंग छलफल गरेर सर्वसम्मत उम्मेदवारको टुङ्गो लगाउने प्रयास गरिने उल्लेख गरे ।  वडा अध्यक्ष र सदस्यहरुको नाम भने माथिल्ला समितिमा सिफारिस गर्ने कार्य सकिएको काङ्ग्रेस कैलालीले जानकारी दिएको छ । आकांक्षीहरु धेरै भएपछि काङ्ग्रेसलाई सर्वसम्मत उम्मेदवारको टुङ्गो लगाउन समस्या भएको छ ।