कैलालीका स्थानिय तहमा काँग्रेसबाट उम्मदेवारहरुको नाम संकलन गरिदै
2022/04/19, 11:11
 
dd

कैलाली जिल्लामा नेपाली काँग्रेसले पालिकामा प्रमुख तथा उप प्रमुखका आकांक्षीहरुको नाम संकलन गर्न थालेको छ । आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचानमा उम्मेदार बन्न चाहने आकांक्षीको नाम संकलन गर्न थालेको हो ।

नेपाली काँग्रेस कैलालीले नगर तथा गाउँका कार्यसमितिले आकांक्षीहरुको नाम संकलन गर्न थालेको नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिनुभयो । जिल्लाका हरेक नगर तथा गाउँ कार्यसमितिलाई आकांक्षीको नाम संकलन गरी माथिल्लो समितिमा नाम सिफरिस गर्न निर्देशन दिएसंगै आकांक्षीहरुको दाबी बढेको सचिव सुनारले जानकारी दिनुभयो । १३ स्थानिय तह रहेको कैलाली जिल्लाका ५ स्थानिय तहहरुले आकांक्षीहरुको नाम संकलन गरिसकेका छन् भने बाँकी स्थानिय तहले तयारी थालेको सचिव सुनारले बताउनुभयो ।

उहाँका अनुसार कैलालीका अधिकांश स्थानिय तहमा आकांक्षीलेहरुले आफ्नो उम्वेदवारी दाबी गरेको र केही स्थानिय तहमा दावी पेस गर्ने कार्य भईरहेको छ ।जस गन्तरर्गत धनगढी उप–महानगरपालिकाको मेयर पदका लागि नेपाली काँग्रेसबाट सात जनाले आफ्नो दाबी पेस गरेका छन् ।नेपाली काँग्रेस धनगढी नगर कार्य समितिले मेयर तथा उपमेयर हुन चाहनेको नाम मागेपछि ७ जनाको मेयर र ५ जनाको उपमेयरमा दावेदारी परेको हो ।

जसमा मेयर पदमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका वर्तमान मेयर नृपबहादुर वड, काँग्रेसका महाधिवेशन प्रतिनीधि कृष्णबहादुर महरा क्षेत्री, महाधिवेशन प्रतिनिधि हरिश खड्का, नगर सभापति यज्ञराज उपाध्याय, पूर्व जिल्ला सचिव पूर्ण कुँवर,महिला संघकी नगर सभापती जागृती बोगटी र लक्ष्मीदत्त भट्टले दावी गरेको नेपाली काँग्रेस धनगढी उपमहानगरपालिकाका नगर सभापति यज्ञराज उपाध्यायले जानकारी दिनुभयो ।

४ गते आइतबार सम्मको समय सिमा भित्र ७ जनाको मेयर र ५ जनाको उपमेयरमा दाबी परे पनि दाबेदारहरुसंगको छलफल गरी सर्वसम्मतको प्रयास थालिने नगर सभापति उपाध्यायले बताउनु भएको छ । यस्तै उपमेयर पदमा पुष्पा भट्ट, सुनिता राना, प्रमिला लम्साल, डम्मरी महरा र निपा चोखालले दाबी गरेका छन् ।यता लम्कीचुँहा नगरपालिकामा मेयर पदका लागि १० जना र उपमेयरमा ८जनाले उम्मेदवारी दाबी गरेका छन् ।

मेयरमा अरुण कुमार चौधरी, कृष्णराज पाण्डेय, खडानन्द सापकोटा,देवानन्द जैशी, पदमराज शर्मा,प्रेमबहादुर बिष्ट,बलबहादुर बिष्ट,बिष्णुप्रसाद ढकाल,भक्तबहादुर थापा र शुशिला शाही रहेका छन् । यसैगरी उपमेयरमा चन्द्रा सिंह,बिजय कार्की,रंग कुमारी भट्राई, राधिका जैशी, रीताकुमारी मुडभरी, शिवा थापा,सुमन कुमारी संन्याल र दिवा बडायकले उम्मेदावरी दाबी गरेको लम्कीचुँहा नगरपालिकाका नगर सभापति ईन्द्र कुँवरले जानकारी दिनुभयो ।

जानकी गाउँपालिकाका नेपाली काँग्रेसका सभापति गणेस रेग्मीका अनुसार सुर्यबहादुर बटाला, प्रदिब कुमार चौधरी,प्रशुराम महतो कठरिया, बेदनाराण महतो,शुभनाथ देबकोटा,गंगादेबि चौधरी र टेकबहादुर चौधरी गरी ७ जनाले अध्यक्षमा दाबी पेस गरेका छन् ।उपाध्यक्षमा दिपकदेवि न्यौपाने,उमा महतो ,पदमिनी थापा,गंगाकुमारी कुँवर थापा, जनक बहादुर थापा, बिमला देबि साही गरी ६ जनाको दाबी रहेको सभापति रेग्मीले जानकारी दिनुभयो ।

यता कैलारी गाँउपालिकामा कृष्ण चौधरी,मनिराम पखरिया,राजसमझ चौधरी र रामचरण चौधरी गरी ४ जनाले अध्यक्ष पदमा उम्मदवारी दावी गरेका छन् । उपाध्यक्षमा अनिता चौधरी,अनिता बोहरा चौधरी,भगवती चौधरी,माया चौधरी, मिनु चौधरी,माया चौधरी,सरिता चौधरी,बिष्णु चौधरी गरी ८ जनाले उपाध्यक्ष पदमा दाबी पेस गरेको कैलारी गाँउपालिकाका पार्टी सभापतिक कृष्ण चौधरीले जानकारी दिनुभयो ।

यस्तै कैलाली निर्वाचान क्षेत्र नम्बर १का नेपाली काँग्रेसका क्षेत्रिय सचिव धनन्जय रिमालका अनुसार टिकापुर नगरपालिकामा ११ जनाले मेयर र १२ जनाले उपमेयर पदमा दाबी गरेका छन् । मेयरमा केशरी रावल बिष्ट,राजकुमार हमाल,नवराज रावल,जङ्गबहादुर साउँद ,भुवनेश्वर अधिकारी,डा।जगतबहादुर सिंह रावल,गोरबहादुर खड्का ,रतनबहादुर खड्का,धीजराज रेग्मी,टेकेन्द्र धामी र तीर्थराज बोहराले दाबी गरेका छन् । यस्तै उपमेयरमा अर्चना चौधरी,जनककुमारी चौधरी,निर्मला कठायत,विना स्वडारी,हस्ता भण्डारी,दिव्यश्वरी शाह,सरस्वती शाह,झनक तिमिल्सिना,रणबहादुर रावल,लौटन चौधरी,सुशीला विश्वकर्मा टमट्टा र चिरञ्जीवी खनाल रहेका छन् ।

स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ । मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धन हुने नहुनेमा कैलालीमा अन्योलता कायमै रहेका कारण पनि जिल्लाका अन्य स्थानिय तहमा आकांक्षीको नाम संकलन तथा सिफारिसमा ढिलाई भईरेको बुझिएको छ ।

यता कैलाली जिल्लाका १३ ओटै स्थानिय तहका हरेक वडाहरु भने वडा अध्यक्ष र सदस्यहरुका आकांक्षीको नाम माथिल्लो समितिमा सिफारिस गर्ने काम सकिएको नेपाली काँग्रेस कैलालीका जिल्ला सचिव केशब मिश्रले जानकारी दिनुभयो ।