
डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षका लागि माओवादी केन्द्रले पुनः उमेशप्रसाद भट्ट ‘विकास’ लाई अघि सारेको छ। अजयमेरु गाउँ कमिटीको पूर्ण बैठकले भट्टलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको गाउँपालिका कमिटी अध्यक्ष गणेश पाण्डेयले बताए।

देशभरका स्थानीय तहमध्ये कार्यसम्पादनमा अजयमेरुलाई पहिलो बनाउने अध्यक्ष भट्टलाई पुनः उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको उनले बताए। २०७४ सालको निवार्चनमा माओवादी केन्द्रले त्यहाँ ५ वडासहित अध्यक्ष र उपाध्यक्ष जितेको थियो।
अजयमेरु गाउँपालिकालाई कार्यसम्पादन मूल्यांकनमा देशकै पहिलो स्थानमा राखिएको थियो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन अनुसार अजयमेरु सबैभन्दा अगाडि देखिएको थियो।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/09, 4:48
2021/12/04, 10:24
2022/12/05, 11:09