निर्वाचन आचारसंहिता उलङ्घन नगर्ने प्रतिबद्धता
2022/04/20, 2:42
 
ss

कैलालीका राजनीतिक दलले निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहिता उलङ्घन नगर्ने प्रतिवद्धता जनाएका छन् ।  जिल्ला प्रशासन कार्यालयले कैलालीमा आज भएको छलफलमा उपस्थित भयरहीत वातावरणमा स्वच्छ प्रतिस्पर्धा गर्नका लागि सहयोग गर्ने बताएका हुन ।

निर्वाचनमा लोकतान्त्रिक पद्धतिमा प्रतिस्पर्धा हुन आवश्यक रहेको उनीहरुले बताए ।  नेपाली काङ्ग्रेसका जिल्ला सभापति नारायणदत्त भट्ट, माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक लाजुरा चौधरी, राजपाका जिल्ला अध्यक्ष गयाप्रसाद कुश्मी, नेपाल परिवाल दलका खडक नागरि, नेपाल मजदुर किसान पार्टीका रमेशकुमार रावल लगायतकाले प्रतिवद्धता जनाएको छ । 

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन आयोग कैलालीका प्रमुख प्र्रेमराज भट्ट, सुरक्षा निकायका प्रमुख र विभिन्न राजनीतिकदलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।