
आगामी स्थानीय तहको निर्वाचनका लागि बझाङमा गठबन्धनका दलहरू सहमति जुटेको छ ।

१२ स्थानीय तह रहेको बझाङमा नेपाली कांग्रेसले सात स्थानीय तह, एकीकृत समाजवादीले तीन र माओवादी केन्द्रले दुई स्थानीय तह पाउने सहमति भएको छ । दुई नगरपालिका रहेको बझाङमा दुवै नगरपालिका नेपाली कांग्रेसलाई दिने सहमति भएको छ ।
१२ स्थानीय तहमा रहेका ९४ वडामै गठबन्धन गर्ने सहमति भएको हो ।नेपाली कांग्रेसले जितेका ३६, माओवादी केन्द्रले जितेका ९ र समाजवादी रहेका ६ वडा उनीहरूलाई नै दिने सहमति भएको छ ।

बाँकी रहेको ४३ वडा मध्ये ५० प्रतिशत नेपाली कांग्रेसले पाउने र त्यसपछि बाँकी रहेको वडाहरू माओवादी केन्द्र र एकीकृत समाजवादीले आधा आधा बाँड्ने समेत सहमति भएको छ ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2023/05/31, 2:44
2020/06/06, 8:55
2020/10/08, 1:24