डडेल्धुराको अमरगढीमा एमालेबाट श्रीमान्‌- श्रीमती नै मेयर र उपमेयरका लागि सिफारिस
2022/04/22, 3:38
 
dd

डेल्धुराको अमरगढी नगरपालिकामा एमालेले श्रीमान्‌ श्रीमतीलाई नै मेयर र उपमेयरको उम्मेदवार बन्नका लागि सिफारिस गरेको छ।

एमालेको जिल्ला कमिटि बैठकले अमरगढी नगरपालिकामा मेयरका लागि करन ताम्राकार र इन्दिरा ताम्राकारलाई सिफारिस गरेको हो। उनीहरु दुवैजना श्रीमान्‌ श्रीमती हुन्। 

करन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हुन् भने इन्दिरा एमाले जिल्ला कमिटी सदस्य तथा मुक्ति समाज डडेल्धुराकी इन्चार्ज छन्।

उनीहरूको नाम जिल्ला कमिटीले प्रदेशमा सिफारिस गरेको बताइएको छ। अमरगढीमा करन ताम्राकार सहित ८ जना मेयरमा र इन्दिरा ताम्राकार सहित ३ जना उममेयरमा सिफारिस भएका छन्।