सरकारी जागिर छोडेर वडा अध्यक्ष पदको उम्मेदवार बने बैतडीका कुँवर
2022/04/22, 3:45
 
ss

स्थानीय तहको निर्वाचन नजिक आएका बेला उम्मेदवारी घोषणा गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ ।  विभिन्न राजनीतिक दलमा आबद्ध व्यक्तिहरूले उम्मेदवारी घोषणा गर्न थालेका हुन् । बैतडीको पाटन नगरपालिका वडा नं १० मा नेपाली काँग्रेसले धनबहादुर कुँवरलाई वडा अध्यक्ष पदको उम्मेदवार बनाएको छ ।

२८ वर्षसम्म प्राविधिक सहायकको जागिर गरेका कुँवरले सो पदबाट राजीनामा गरेर चुनावी मैदानमा होमिएको बताए । सरकारी जागिरको सिलसिलामा आफ्नो नागरिकसँग राम्रो सम्बन्ध रहेको र सोही सम्बन्धका कारण आफू राजनीतिमा होमिएको उनले बताए ।

उनले भने ‘मैले मेरो जागिरको धेरै समय यसै वडामा बिताएको छु । यहाँका नागरिकका समस्यासँग जानकार छु । उनीहरूका समस्या समाधानका लागि मेरो उम्मेदवारी हो ।’  पार्टीले टिकट दिएसँगै आफू चुनावी प्रचारप्रसारमा होमिएको कुँवरले बताए । उनले भने ‘मैले अहिले घरदैलो अभियान सुरु गरेको छु । नागरिकले जिम्मेवारी दिएमा जिम्मेवारी पूरा गर्ने बाचा गरिरहेको छु ।’