धनगढीको उपप्रमुखमा गठबन्धनबाट अधिकारी
2022/04/25, 1:10
 
ss

कैलालीको धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा ३ दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी शान्ति अधिकारीलाई उम्मेदवार बनाइएको छ। 

केन्द्रमा भएको सहमति अनुसार धनगढीमा नेकपा माओवादीलाई उपप्रमुख दिइएको थियो। सोही भागबन्डा अनुसार माओवादीले अधिकारीलाई उम्मेदवारका रुपमा अगाडि सारेको छ। अधिकारीले आजै ३ बजे मनोनयन दर्ता गर्ने बताएकी छिन्। 

उनी २०७४ को निर्वाचनमा पनि उप्रमुखमा चुनाव लडेकी थिइन। उनलाई काँग्रेसकी शुशिला मिश्र भटट्ले पराजित गरेकी थिइन्।