बझाङको वित्थडचिरमा कांग्रेस एक्लै लड्ने
2022/04/25, 1:13
 
ss

बझाङको वित्थडचिरमा नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने भएको छ। कांग्रेस गाउँ कार्यसमितिका सभापति चक्र अधिकारीले गठबन्धन नगर्ने र एक्लै चुनाव लड्ने बताए। 

कार्यकर्ताको भावना विपरीत पेलेर गठबन्धन गरिए वित्थडचिर गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित ९ वटै वडामा छुट्टै उम्मेदवारीको तयारी गर्न पनि उनले कार्यकर्तालाई आह्वान गरेका छन्।

‘जंगलीशैलीमा बर्बरतापूर्ण कायर तथाकथित घिनलाग्दो कपटपूर्ण गठबन्धन लाद्ने जुन प्रयास भयो, यो निकै अपमानजनक छ,’ सभापति अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो निर्णयले नेपाली कांग्रेसका कार्यकर्तामा ठूलो चोट पुगेको छ। गठबन्धन अस्विकार गर्दै ९ वटै वडा र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दर्ता गर्न तयारी अवस्थामा रहनुहोला।’