कैलालीमा काँग्रेसले टुंगो लगायो उम्मेदवार, कुन स्थानीय तहमा को ? (नामसहित)
2022/04/25, 1:18
 
ss

सत्ता गठबन्धनबीच सिट बाँडफाँडमा सहमति भएपछि नेपाली काँग्रेस कैलालीले उम्मेदवार टुंगो लगाएको छ। आफ्नो भागमा परेका प्रमुख तथा उपप्रमुखमा लड्ने उम्मेदवार काँग्रेसले टुंगो लगाएको हो। 

धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिकाको प्रमुख नेपाली काँग्रेसको भागमा परेको थियो। 

यस्तै गोरीगंगा नगरपालिका, भजनी नगरपालिका, कैलारी, मोहन्याल, चुरे र घोडाघोडी नगरपालिकामा काँग्रेसले उपप्रमुख पाएको छ। 

यी हुन् काँग्रेसका उम्मेदवार
धनगढी उपमहानगरपालिका

मेयरः नृपबहादुर वड
टीकापुर नगरपालिका
मेयरः नवराज रावल
लम्कीचुँहा नगरपालिका
मेयरः भक्तबहादुर थापा
गोदावरी नगरपालिका
मेयरः वीरेन्द्र भट्ट
जानकी गाउँपालिका
अध्यक्षः पर्शु चौधरी
जोशीपुर गाउँपालिका
अध्यक्षः वंशराम चौधरी
बर्दगोरिया गाउँपालिका
अध्यक्षः शेरबहादुर कठरिया
भजनी नगरपालिका
उपमेयरः गोकेन्द्र भण्डारी
घोडाघोडी नगरपालिका
उपमेयरः रीता चौधरी
गौरीगंगा नगरपालिका
उपमेयरः भोजबहादुर वम
मोहन्याल 
उपाध्यक्ष : कमल सावद
चुरे 
उपाध्यक्ष :धना थापा