
धनगढी उपमहानगरपालिकामा तीन दलीय गठबन्धनबाट मेयरमा नृप बहादुर वड र उपमेयरमा शान्ति अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढी पुगेर उनीहरुले मेयर र उपमेयरमा मनोनयन दर्ता गराएका हुन् ।

मेयर पदका उम्मेदवार वडले कांग्रेसबाट र उपमेयर अधिकारीले माओवादी केन्द्रबाट टिकट पाएका हुन् । मेयर पदका उम्मेदवार वड हालका मेयरसमेत हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट जितेका थिए । केन्द्रमा भएको सहमति अनुसार धनगढीमा नेकपा माओवादीलाई उपप्रमुख दिइएको थियो । अधिकारी उनी २०७४ को निर्वाचनमा पनि उप्रमुखमा चुनाव लडेकी थिइन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/23, 7:56
2021/06/18, 10:28
2022/02/13, 4:22
2023/02/28, 6:10