धनगढीका १९ वटै वडामा सत्ता गठबन्धनले वडा भेला गर्दै 
2022/04/27, 1:44
 
ss

कैलालीको धनगढीका १९ वटै वडामा सत्ता गठबन्धनले वडा भेला गर्ने भएको छ ।  चुनावी प्रचार प्रसार र गठबन्धनभित्र कुनै पनि रुष्टता नरहेको भन्दै भोलीदेखि वडा भेला गर्न लागेको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा भोली विहान ८ बजे, वडा नम्बर १८ मा १० बजे र १९ नम्बर वडामा ४ बजे वडा भेला गर्ने जनाएको छ ।

यस्तै १६ गते वडा नम्बर ८, ९, १० र १२ मा, १७ गते वडा नम्बर १, २ र ३ मा वडा भला गर्ने छन भने १८ गते केन्द्रिय स्तरकै नेताहरुलाई बोलाएर बृहत भेला गर्न लागेको हो । १८ गते हुने बृहत भेला कहाँ गर्ने भन्ने अहिलेसम्म स्थानको टुङ्गो लागेको छैन । 

बृहत भेलामा नेपाली काँग्रेस पार्टी सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, १९ गते वडा नम्बर ११, १३ र ४ मा वडा भेला गर्ने कार्यक्रम तय गरेको छ भने २० गते १५, १६ र १७ गते वडा भेला गरिने छ । २१ गते वडा नम्बर ५, ६ र ७ मा वडा भेला गर्ने कार्यक्रम तय गरिएको छ ।

वडा भेलामा नेपाली काँग्रेसका नेता, माओवादी केन्द्रका नेता, एकीकृत समाजवादीका नेताहरुको सहभागिता रहने छ ।