नेकपा एमाले धनगढी नगरद्धारा प्रतिवद्धता पत्र सार्वजनिक 
2022/04/28, 7:45
 
ss

जनप्रतिनिधी शासक नभई जनताका सेवक बन्ने सकल्प सहितको नेकपा एमाले धनगढी नगर प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एमालेले संकल्पसहित धनगढीको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायतका विभिन्न नीति तथा योजनासहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार रणबहादुर चन्द, उपप्रमुख कन्दकला राना, जिल्ला इन्चार्ज नारदमुनि राना लगायतले संयूक्त रुपमा प्रतिवद्धतापत्र सार्वजनिक गरेका थिए । सामाजिक जागरण र विकासका अभियन्ता हुने, पालिकाहरु सुशासनमा नमुना बन्ने, सदाचारमा दृष्टान्त स्थगित गर्ने, कुनै भ्रष्टाचार नगर्ने र कडाईका साथ भ्रष्टाचार नियन्त्रण गर्ने, जनप्रतिनिधीहरुले भ्रष्टाचार, व्याभिचारी, अनियमितता र सार्वजनिक सम्पतिको दोहन गर्नेहरुलाई कानुनी कार्बाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्ने लगायतका पार्टीको संकल्प रहेको छ । 

धनगढी उपमहानगरपालिकाको समग्र अवस्थाका बारेमा आधारभुत अवस्था सर्वेक्षण गरि २०७९÷०८० को पहिलो चौमासिक भित्र धनगढी उपमहानगरापलिकाको स्थितिपत्र सार्वजनिक गर्ने, राजश्व सुधार योजनाको कार्यान्वयनलाई निरन्तरता दिइने र सबै खालको कर प्रचलित कानुन बमोजिम कार्यान्वयनमा ल्याइने लगायतका नीति, योजना र कानुन निर्माण गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ । 

यस्तै गुणस्तरिय शिक्षाको आधारः प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयको सुधार, समुन्नत लोकतन्त्रको आधारः मेलमिलाप न्याय र मानवअधिकार, सूचना तथा सञ्चार आधुनिक विकासको आधार, पर्यटनबाट समृद्धि, विकास र वातावरणबिच सन्तुलन, निरोगी नेपाल, स्वस्थ्य नेपाली, सफावस्ती र राम्रो आनीबानी, किसानको समृद्धि लगायत सो प्रतिवद्धता पत्रमा उल्लेख छ ।

प्रतिवद्धता पत्रमा सार्वजनिक गर्दै नगर प्रमुखका उम्मेदवार चन्दले प्रतिवद्धता पत्रमा उल्लेख सबै कुराको हु“वहु कार्यान्वयनमा जोड दिने बताए । उनले धनगढीका मुख्य चहलपहल हुने क्षेत्रका सडक यथाशिघ्र कालोपत्रे गर्ने बताए । उनले सडक, यातायात, शिक्षा, स्वास्थ्य सुधार आफनो प्रमुख जिम्मेवारी रहने बताए ।